श्रीमदवीतक चर्चासँगै पाठेघरको मुखको क्यान्सर सम्बन्धि परिक्षण
पाेखरा | भदौ ९, २०८१
पोखरा महागरपालिका८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण प्रवचनकाबीच महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धि स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चामा आउने भक्तजनहरुलाई लक्षित गरी प्रयास नेपाल र लायन्स क्लव अफ पोखरा स्काइ टाउनको आयोजनामा सम्पन्न स्वास्थ्य परीक्षण कार्यक्रममा ७५ जना महिला दिदीबहिनीहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।
सो अवसरमा बोल्दै वरिष्ठ आँखा रोग विशेषज्ञ डा. इन्द्रमान महर्जनले महिलाहरुको पाठेघरको क्यान्सर हुनु अगावै पाठेघरको मुखको क्यान्सरको जाँज गराउन सके पाठेघरको क्यान्सरबाट बच्न सकिने बताए ।
पाठेघरको क्यान्सरको बारेमा अझैपनि समाजमा सचेतना फैल्याउन आवश्यक रहेको वताउदै श्रीकृष्ण प्रणामी मन्दिरमा प्रयास नेपाल र लायन्स क्लव अफ पोखरा स्काई टाउनले आयोजना गरेको स्वास्थ्य शिविरले सकारात्मक सन्देश प्रवाह गरेको समेत बताए ।
प्रयास नेपाल अध्यक्ष शर्मिला भट्टराईले प्रयास नेपालले शिक्षा, स्वास्थ्य र सेवाको क्षेत्रमा काम गर्दै आइरहदा महिलाहरुको पाठेघरको क्यान्सरको दर दिनानुदिन बढ्दै गइरहेको त्यस प्रति सचेत गराउनका लागि पाठेघरको मुखको क्यान्सरको बारेमा सचेतनासंगै परिक्षण कार्यक्रमको आयोजना गरिएको बताइन् ।
पाठेघरको मुखको क्यान्सरको परिक्षण मार्फत पाठेघरमा क्यान्सर हुदैछ भन्ने जानकारी पाइने भएकाले ३० देखी ६० वर्ष उमेर पुगेका महिलाहरुले त्यसबारेमा ध्यान दिन आवश्यक रहेको उनको भनाई थियो ।
सो अवसरमा बोल्दै श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले श्रीकृष्ण प्रणामी सेवा समितिले रक्तदान, आँखा जाँच लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिदै आइरहदा प्रयास नेपाल र लायन्स क्लव अफ पोखरा स्काई टाउनको सहयोगमा महिलाहरुको पाठेघरको मुखको क्यासन्सरलाई मध्येनजर गरी स्वास्थ्य परिक्षणको कार्यक्रमको आयोजना गरिएको बताए ।
स्वास्थ्य परीक्षण कार्यक्रममा मेडिसिन कोअर्डिनेटर निलम महर्जन, सिनियर नर्सिङ अफिसर पुष्पा लक्ष्मी महर्जन लगायतले सहजीकरण गरेका थिएभने प्रयास नेपालका कोषाध्यक्ष निरु पराजुली, सह सचिव वुद्धिसागर सापकोटा, सदस्य दुर्गा थपलिया, लायन्स क्लव अफ पोखरा स्काइ टाउनका पूर्व अध्यक्ष मञ्जु पौडेल भट्टराई, कोषाध्यक्ष मधु पन्थी लगायतको उपस्थिती रहेको श्रीकृष्ण प्रणामी सेवा समितिका सचिव लक्ष्मण बरालले जानकारी दिए ।
भदौ १० गते सम्म सञ्चालन हुने श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण प्रवचनको ३१ औं दिन शनिवार सम्म आइपुग्दा भक्तजनको आगमन कायमै रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

